Monday, October 17, 2011

जस्तो मति उस्तै गति

नरेन्द्रनाथ भट्टराइ

मति भनेको बुद्धि हो । बुद्धि भनेको मनुष्य जीवनलाई सञ्चालन गर्ने बीज हो । संसार खेत हो । जेको बीउ रोप्यो उही उम्रिन्छ । सुन्तलाको बोटमा लप्सी फल्दैन । कोदोको बीउ छरेर धानको आशा गर्न सकिँदैन । यस्तै गरी बालक अवस्थादेखि नै मानिसलाई दिइने शिक्षा–दीक्षा अनुरुप नै भविष्यमा ती मानिसहरूमा फल फल्न थाल्दछ ।
महान् सम्राट सिकन्दरको बारेमा एउटा रोचक घटना सुनिएको छ, बालक अवस्थादेखि नै युवराज सिकन्दरलाई शिक्षा–दीक्षाको लागि एक जना गुरुको व्यवस्था मिलाइएको थियो । दिनदिनै ती गुरुले अनेकन तरिकाले सिकन्दरलाई आवश्यक शिक्षा–दीक्षा दिइरहन्थे । १२ वर्ष उमेर पुगेका सिकन्दरलाई एक दिन गुरुले एउटा कोठामा लगेर राखेर आफू केही बेरमा आउँछु भनेर बाहिर निक्लिए । बाहिर आएर ढोकामा ताला लगाइदिए । रक्षकहरूलाई ६ घण्टापछि मात्र ढोका खोलिदिनु अनि भित्र बस्दा राजकुमार जे जे बोल्छन्, जे–जे गर्छन ती सबै टिपोट गरिराख्नु भनी घरतिर लागे । त्यो कोठाभित्र एउटा भाँडोमा पिउने पानी राखिएको थियो । बिहान १० बजे कोठामा बसेका सिकन्दर सोच्दै थिए, आज यही कोठामा पाठ पढाइने रहेछ क्यार । गुरु काम परेर एकै छिन बाहिर जानु भएको होला । आधा घण्टा बित्दा पनि गुरु नआएको र ढोका नखुलेको देख्दा बेचैनी हुन थाल्यो । एक घण्टापछि त ढोका घच्घच्याउन थाले, ढोका खोल ! ढोका खाल ! भनी कराउन थाले । दुई घण्टापछि त झन रिसले बरबराउन थाले ।  कोठाका सामान, पुस्तक, कलम, कपी फाल्न र च्यात्न थाले । पानीको घैंटो पनि फुटाली दिएकोले पानी पनि खान मिलेन । अब त गुरुलाई नै भन्नै नहुने अपशब्दहरू प्रयोग गरेर गाली गर्न थाले । आफूले लगाएका लुगा पनि च्यात्न थाले । ढोका खोलेपछि रिसाउँदै सिकन्दर आफ्नो महलतिर लागे ।
भोलिपल्ट गुरुलाई सिकन्दरले कक्षामा हिजो किन त्यसो गरेको भनी स्पष्टीकरण मागे । गुरुले भने, हे युवराज ! हिजोको मैले सिकाउने पाठ नै त्यही थियो । तिमी राजा हुने व्यक्ति हौ । सारा जनतालाई सुख, शान्ति र सुरक्षा प्रदान गरेर देशमा अमन चैन राख्ने अभिभारा तिमीमाथि पर्दछ । सुयोग्य राजा बन्नलाई जनताको आन्तरिक स्थितिको बारेमा पनि यथार्थ अनुभव हुनु पर्दछ । आवेगको नतिजा के भयो सम्झ त ! हिजोको घटना ! आवेशमा आएर घैंटो फुटाल्दा प्यास लागेका बखत पानी खान नपाएर छट्पटिनु प¥यो ! भोक र प्यासले छट्पटिँदा गुरुलाई र बाबु आमालाई भनेका अपशब्द ! ढोका, भित्तामा लात मारेका, आफ्ना लुगासमेत च्यातेका कुरा बताउँदै गुरुले भन्न थाले, हे राजकुमार ! बिना कसुर थुनिनु पर्दा कस्तो हुने रहेछ ? भोक प्यासले सताएका मानिसबाट कस्ता कस्ता कृत्य समेत हुन सक्दा रहेछन् भन्ने कुरा पनि हिजोको पाठबाट तिमीले सिकेर, बुझेर आवेशमा नआई, धैर्यपूर्वक कार्य गर्नु पर्दछ । अब तिमी राजा भएपछि यस्तो स्थिति आउन नदिन सदा सतर्क रहने छौ ।
यस्तो शिक्षाको प्रभावले गर्दा नै सिकन्दर एक महान् विश्वविजेता सम्राट कहलिन पुगे । वैदिक समाजमा हाम्रा प्राचीन शिक्षा प्रणाली यस्तै थिए । धर्म, अर्थ, काम, मोक्ष, जीवनका ४ खुड्किलाबाट हिँडेर जीवनमुक्त हुन्थे । जबकि अहिले हेर्ने हो भने केवल धन, पद प्रतिष्ठालाई नै सर्वोपरि मान्ने खालको शिक्षा मात्र पाइन्छ । यस्तो शिक्षारुपी बिउबाट उम्रिएका हुर्किएका बिरुवारुपी मानिसमा अहंकार, भ्रष्टाचार, दुराचार हुनु अनि यस्ताबाट आतंककारी कार्य हुनमा के आश्र्चय ? जस्तो मति उस्तै गति ।

स्थिति गत्यात्मक ध्यान

डा. कृष्णप्रसाद भट्टराई

ध्यान के हो ?
अष्टाङ्ग योगमा यम, नियम, अञ्सन, प्रणायाम, प्रत्याहार धारणा, ध्यान र समाधि पर्दछन् । जीवनको अन्तिम लक्ष्य समाधि हो । यी योगका अष्ट अङ्गहरू मध्ये सातौं्र पाद ध्यान हो । परव्रम्ह परमेश्वर इष्ट हो । त्यही इष्टको सुनिश्चिता गरिने अवस्था धारणा हो, धारणामा आएको इष्टमा चेतना केन्द्रिकृत हनुे अवस्था ध्यान हो, ध्यानको यात्रा भनेकै चेतनालाई चैतत्य बनाउने यात्रा हो । सूक्ष्मबाट विराटमा अवतरण गर्ने यात्रा हो ।

ध्यान कति प्रकारका हुन्छन् ?
प्रक्रियागत रुपमा वर्गीकरण गर्दा ध्यान अनन्त प्रकारले गर्न सकिन्छ । तर गतिशीलताका आधारमा वर्गीकरण गर्ने हो भने ध्यानलाई निम्न लिखित ३ प्रकारमा वर्गीकरण गर्न सकिन्छ ः
१. स्थित्यात्मक ध्यानः– यसमा चेतनलाई मात्र केन्द्रित गरेर ध्यान गरिन्छ । यसमा स्थूल, सूक्ष्म र कारम शरीरको सम्बन्धलाई महत्व प्रदान गरिँदैन । यो बीजबाट विराटको बोध गर्ने यात्रा हो ।
२. गत्यात्मक ध्यानः– यसमा चेतनमा प्रवेश गर्न स्थूल, सूक्ष्म र कारमशरीरको प्रयोग गरिन्छ । गत्यात्मक पक्षलाई महत्व दिएर स्थित्यात्मक पक्षमा प्रवेश गर्ने मार्ग अवलम्बन गरिन्छ । यो विराटका अंग अंगबोध गरेर बीजमा पुग्ने यात्रा हो । विराटबाट बीजमा पुग्ने यात्रा हो ।
३. स्थितिगत्यात्मक ध्यानः– यसमा स्थित्यात्मक (Static) रुपमा रहेको आत्मा, गत्यात्मक  (Dynamic)  रुसमा रहेको स्थूल, सूक्ष्म र कारम शरीरलाई एकैसाथ समन्वय गर्दै विराट र बीजको बोध गरिन्छ । यसमा विराट र बीजलाई सन्तुलन गर्ने अवलम्बनको रुपमा पद्धति (System) लाई लिइन्छ । यसमा 3B+MS सूत्रको प्रयोग गरिन्छ ।

ध्यान बढी प्रभावकारी हुन्छ ?
स्थित्यात्मक ध्यानमा निराकारबाट साकारमा आउने कार्य गरिन्छ । त्यसैले निराकारमा प्रवेश गर्ने लामो साधना आवश्यक पर्छ, निराकारबाट साकार–बोध गर्ने रुचि कम हुने हुनाले धयाता एकपक्षिय हुन्छ । उसले सार र संसारको सन्तुलन कायम गनृ रुचाँउदैन । ऊ एकाकी हुँदै जान्छ ।
गत्यात्मक ध्यानमा संसाबाट सारको यात्रा गरिन्छ । स्थूल शरीर, सूक्ष्म शरीर र कारण शरीर संसा हुन, यिनीहरूकै सहारा लिएर चैतन्यमा प्रवेश गर्ने यात्रामा ध्याता संसारमा धेरै समय दिन बाध्य हुन्छ, त्यसैले साधना लम्बिन्छ, अथवा साधनमा नै रुमल्लिएर साध्यमा पुग्न बिर्सिन्छ, जीवन छोटो र यात्रा लामो भएमा गन्तव्य अपूर्ण हुन सक्छ । स्थिति गत्यात्म ध्यानमा सरल रेखाको सिद्धान्त अपनाइन्छ । स्थित्यात्मक विन्दु र गत्यात्मक विन्दु गरी दुई वटा बिन्दुलाई जोड्ने सबैभन्दा छोटो रेखा सरल रेखा भने जस्तै दुबै विन्दु जोड्ने सरल अर्थात सबैभन्दा छोटो ध्यान विधि नै स्थिति गत्यात्मक ध्यान हो , यसमा पद्धतिमा जोड दिइन्छ । यो सरलतम छ , कहिले कही तत्काल नै ध्यान लाग्न सक्छ । यो ध्याताको समर्पणमा भर पर्छ, साधना पनि १–६ महिना मात्र हो । कस्तै साधकलाई पनि ६ महिना पर्याप्त हुन्छ ।
स्थितिगत्यात्मक ध्यानको प्रक्रिया
स्थितिगत्यात्मक ध्यानमा जान निम्न लिखित कोर्ष पुरा गर्नु पर्छ ।
१. सैद्धान्तिक ज्ञानयात्राः– यसमा स्थिति–पक्षको ज्ञान, गतिपक्षको ज्ञान र पद्धतिपक्षको ज्ञान गरिन्छ । स्थिति र गति–शक्तिबीच पद्धतिको सम्बन्ध बारे सैद्धान्तिक ज्ञान गरिन्छ ।
२. प्रायोगिक ज्ञान यात्राः– यो प्रयोगात्मक पक्ष हो । यो पक्षलाई सिद्धान्त सँगसँगै लगिन्छ । सिद्धान्तलाई प्रयोगद्वारा परीक्षण गर्दै पुष्टि गर्दै लगिन्छ । यो सिद्धान्तको प्रयोग पक्ष हो ।
३. ध्यान विधिः– स्थितिगत्यात्मक ध्यानमा 3B+MS को सूत्र प्रयोग गरिन्छ । 3B+MS भनेको निम्न लिखित कुरा हुन्
B = Blood
B = Body
B = Breath
M = Mind
S = Soul

यहाँ Blood, Body, Breath, Mind Soul को योग गर्दै ध्यान गरिन्छ ।
स्थिति गत्यात्मक ध्यान गर्ने समय, स्थान र आसन कस्तो हुनुपर्छ ?
स्थितिगत्यात्मक ध्यान कुनै पनि समयमा गर्न सकिनछ, कुनै पनि स्थानमा गर्न सकिन्छ, कुनै पनि आसनमा गर्न सकिन्छ । यसमा हानिकारक कुनै कुरा छैन, नयाँ कुरा यसमा गरिदैन । दैनिक जीवनका प्राकृतिक चर्याहरूको व्यवस्थित संयोजनबाट तयार गरिएको विधि हुनाले यो ध्यान विधि स्वधाविक छ, यसमा हानि हुने कुनै कुरा छैन, ध्यान गर्दा लाभ नै लाभ छ । त्यसैले समय, स्थान, आसन र वातावरण निश्चित छैन, कुनै बढी प्रभावकारी र कुनै कम प्रभावकारी हुने मात्र हो ।
स्थिति गत्यात्मक ध्यामा के गुरु चाहिन्छ ?
स्थिति गत्यात्मक धयान बिना गुरु पनि हुन सक्छ, तर गुरुको निर्देशन अनुसार अघि बढ्ने हो भने छिटो समाधिमा पुग्न सकिन्छ ।
के गृहस्थ पनि ध्यानमा डुब्न सक्छ?
स्थितिगत्यात्मक ध्यान गत्यात्मक पक्ष र स्थित्यात्मक पक्षको समन्वयनबाट बन्ने हुनाले यसमा सार र विस्तारको समन्वयन छ, गृहस्थ गृहस्थाश्रममै बसेर महिर्षि हुन सक्छ । सन्यासी सन्यासमै बसेर महर्षि हुन सक्छ, यो ध्यान जहाँ बसेर पनि सिद्ध हुन्छ । गृहस्थलाई यो ध्यान अझ बढी प्रभावकारी हुन्छ, अतिलाभकारी पनि हुन्छ । यो ध्यान गर्ने सन्यासी असल र व्यवहारिक हुन्छ ।
स्थितिगत्यात्मक ध्यानको प्रयोगकर्ता को थियो ?
स्थितिगत्यात्मक ध्यान हाम्रा वाल्मीकि, व्यास वशिष्ट जस्ता असंख्य ऋषि–महर्षिहरूले प्रयोग गरेर प्रतिपादन गरेका थिए । त्यसै ध्यानलाई यस पंक्तिका लेखकले पनि महिर्षि श्री १००८ स्वामी सच्चिदानन्द विशुद्धदेव ज्यूको गुरुत्वमा रहेर प्रयोग गरेको हुनाले हार्दिक रुपमा सिक्न इच्छुकहरूका लागि सेवा उपलब्ध हुन सक्छ  ।

मैले यसरी पढेँ

 म प्रायः पढ्दा–पढ्दै रुन्थेँ । पुस्तकले जीवनका विविधता र सम्पन्नताको गीत गाए, असलपन र सौन्दर्यको प्राप्तिका प्रयत्नहरूमा मानिसहरूले गरेका ठूल–ठूला र अथक साहसको गाथा गुनगुनाए । जति धेरै मैले पढेँ, त्यति नै बढी मेरो हृदयमा हितकारी र मायाको भावना भरिए र म अझ धेरै शान्त भएँ । मेरो आत्मविश्वास बढ्यो, मेरो काममा सुधार आयो र जीवनले मलाई दिएका असंख्य अवहेलनाप्रति मैले ध्यान दिन छाढेँ ।
 म किताब अध्ययनको तरिकाका सम्बन्धमा थुपै्र कुराहरू गर्न सक्थेँ । पुस्तक अध्ययन परिचित, दिनैपिच्छे गरिने तर सबै युगका महान मनहरू र जनतासँगको मानवको घुलनको रहस्यमय प्रकृया हो । यसले समय समयमा मानिसका सामु जीवनको अर्थ र जीवनमा मानिसको स्थान के हो अकस्मात उद्घाटन गर्दछ ।
–मक्सिम गोकी

लज्जाशीलता मेरो ढाल

शाकाहारी संघको कार्यकारी समितिमा मलाई चुनियो । म त्यहाँ हरेक पटक उपस्थित हुन थालेँ । तर, बोल्नका लागि मुख नै खुल्दैनथ्यो । डा. ओल्डफल्डले मलाई भन्थे, मसँग त तिमी निकै कुरा गर्छौ तर समितिको बैठकमा भने बोल्दै बोल्दैनौ । तिमीलाई त नरमख्खीको उपमा दिनु राम्रो हुनेछ । मैले उनको दुःखेसोलाई राम्रोसँग बुझेँ । माहुरीहरू निरन्तर उद्यमी गरिरहन्छन तर भाले माहुरी भने जतिखेर पनि त्यही मह खाएर बसिरहन्छ, काम भने गर्दै गर्दैन । यो विचित्रको अवस्था थियो । जब सबैले समितिको बैठकमा आ–आफ्ना धारणाहरू राख्ने गर्दथे तर म भने लाटोझै बोल्दै नबोली बसिरहन्थें । मलाई बोल्न मन नलागेर नबोलेको पनि हैन, तर बोल्ने आबश्यकता महशुस गर्दथँे र केही बोल्ने हिम्मत जुटाउन थालेको हन्थेँ । त्यतिकैमा अर्को विषय आरम्भ भइहाल्थ्यो । यस्तो स्थिति धेरै समयसम्म चलिरह्यो । यसैबीचमा समितिमा एउटा गम्भीर विषय उपस्थित भयो । त्यसमा भाग नलिनुलाई मैले अन्याय हुन दिएको ठहर गरँे । लाटोझैँ भएर भोट मात्र खसाउँदा पनि नामर्दी ठहरिने भयो । टेम्स आयर्न बक्सका मालिक मि. हिल्स समितिका सभापति थिए । के भन्न सकिन्छ भने त्यो समिति नै उनैको पैसाबाट चलेको थियो । समितिका कतिपय सदस्य उनैको आशामा रहन्थे । यो समितिमा डा. एलिन्सन पनि थिए । त्यतिबेला गर्भनिरोधका लागि गरिने कृत्रिम उपायमाथि अंकुश लगाउने आन्दोलन चलिरहेको थियो । डा. एलिन्सन त्यसका समर्थक थिए र मजदुरहरूमा त्यसको प्रचारप्रसार पनि गर्दथे । तर मि. हिल्सलाई यस्तो उपाय समितिको नीतिविपरीत लाग्यो । उनको सोचाइमा शाकाहारी समिति आहाराको सुधारका लागि मात्र खडा भए यो समितिमा बस्नुहुँदैन भन्ने उनको सुझाव थियो । त्यसैले डा. एलिन्सजस्ता समाजघातक व्यक्ति यो समितिबाट हटाउनु पर्ने प्रस्ताव आयो । म यो बहसमाथि चाख राख्थें । डा. एलिन्सका गर्भनिरोधका कृत्रिम उपायमाथिको समर्थन मलाई पनि अरुचिकर लागिरहेको थियो । त्यसको विरोधमा मि. हिल्सले उठाएको आवाजलाई मैले सही ठहर गरेको थिएँ । मेरो मनमा उनीप्रति धेरै श्रद्धा थियो र उनको उदारताप्रति पनि त्यतिकै आदर गर्थे । तर एउटा शाकाहार सम्बद्र्धक समितिमा शुद्ध नीति नियम नमान्नेलाई उसको अश्रद्धाका कारण समितिबाट अस्वीकार गरिनु मलाई अन्याय लाग्यो । मेरो विचारमा शाकाहारी समितिमा नारी पुरुष सम्बन्ध विषयका बारेका मि. हिल्सका विचार उनका निजी थिए । समितिसँग त्यसको कुनै सम्बन्ध थिएन । समितिको उद्देश्य शाकाहारको प्रचार गर्नु मात्र थियो, अन्य नीतिको होइन । त्यसैले अन्य नीतिलाई नमान्ने व्यक्तिहरूले पनि शाकाहारी समितिमा स्थान पाउनुपर्छ भन्ने मेरो राय थियो ।
समितिमा मेरो जस्तो बिचार भएका सदस्य अरु पनि थिए तर पनि ममा आफ्नो विचार व्यक्त गर्ने जोश चढेको थियो । तर त्यसलाई कसरी व्यक्त गर्ने भन्ने ठूलो प्रश्न खडा भयो । ममा बोल्ने हिम्मत थिएन । त्यसैले मैले आफ्ना विचारलाई लिखित रुपमा सभापतिका सामु राख्ने गरेँ र आफ्नो लेख लिएर गएँ । मलाई सम्झना छ कि त्यो लेख पढ्ने हिम्मतसमेत ममा आएन । सभापतिको त्यो लेखलाई अर्का सदस्यलाई पढ्न लगाए । डा. एलिन्सको पक्ष पराजित भयो । यसरी म पहिलो पटकको युद्धमा पराजित पक्षको खेलमा पुगेँ । तर पनि म त्यो पक्षलाई सही मान्थेँ । त्यसैले मलाई सन्तोष लाग्यो । त्यसपछि मैले समितिबाट राजीनामा दिएजस्तो लाग्छ। मेरो लज्जालु स्वभाव बेलायत बसुन्जेलभरि नै रहिरह्यो । कसैसँग भेटघाट गर्न जाँदा पनि पाँच, सात व्यक्ति एकत्रित भएको ठाउँमा पनि म लाटोझैं हुन्थेँ । एकपटक म वेटनर गएको थिएँ । त्यहाँ मजुमदार पनि थिए । हामी त्यहाँको एउटा शाकाहारीको घरमा बस्यौं । इथिक्स अफ डाइटका लेखक त्यसै बन्दरगाहमा बस्थे । हामीले उनलाई भेट्यौं । त्यहाँ शाकाहारीलाई प्रोत्साहित गर्न एउटा आमसभा बोलाइयो । त्यहाँ हामी दुबैलाई बोल्ने मौका दिइयो । हामी दुबैले त्यो अनुरोधलाई स्वीकार गर्यौँ । लेखेको भाषण पढ्मा कुनै दोष हुँदैन भन्ने कुरा मैले बुझिसकेको थिएँ । धेरै मानिसले आफ्ना विचारलाई लिपिबद्ध गरेर संक्षेपमा पढ्ने गरेको मैंले देखेको थिएँ । मैले पनि आफ्ना विचारलाई लिपिबद्ध गरेँ । बोल्ने हिम्मत छँदै थिएन । जब म पढ्न भनेर उभिएँ, पढ्नै सकिनँ । चारैतिर अँध्यारो देख्न थालेँ । मेरो भाषण मुस्किलले फुलिस्केपमा एक पृष्ठको थियो, त्यसलाई मजुमदारले पढेर सुनाए । मजुमदारको भाषण निकै राम्रो भयो । श्रोताहरूले तालीको गडगडाहटले उनको भाषणको स्वागत गरे । म लज्जित भएँ र आफ्नो बोल्ने असक्षमताप्रति दुःखी पनि भएँ ।
सार्वजनिक रुपमा बोल्ने अन्तिम प्रयत्न मलाई बेलायत छोड्ने बेलामा गर्नुपरेको थियो । बेलायत छोड्नुपूर्व मैले शाकाहारी मित्रहरूलाई हाबर्ट होटलमा खानाका लागि आमन्त्रित गरेको थिएँ । मैले सोचेँ, शाकाहारी होटलमा शाकाहारी खाना पाइन्छ नै तर जुन होटलमा मांसाहार बन्छ त्यहाँ पनि शाकाहारको व्यवस्था भइदिएमा राम्रो हुन्थ्यो । यस्तो विचार राखेर मैले होटलका व्यवस्थापकसँग कुरा गरेर त्यहाँ शाकाहारी खानाको व्यवस्था मिलाएको थिएँ । यो नयाँ प्रयोगले शाकाहारी वर्गमा निकै प्रसिद्धि पार्यो र चर्चामा आयो तर मैले भने सास्ती पाएँ । भोजन भोकका लागि मात्र हुन्छ तर पश्चिमा मुलुकमा यसलाई एक कलाका रुपमा विकास गरिएको छ । भोजका समयमा विशेष सजावट र आडम्बरको व्यवस्था गरिएको हुन्छ । बाजा बज्छन्, भाषण हुन्छन् । यो सानो भोजमा पनि यी सबै व्यवस्था थिए । जब मेरो भाषणको पालो आयो र म मञ्चमा खडा भएँ । मैले केही वाक्य बोलिसकेपछि त्यो भन्दा अगाडि बोल्नै सकिनँ । निकै सोचेर बोल्ने तयारी गरेको थिएँ त्यो सबै खेर गयो । एडिसनका विषयमा पढ्दा मैले उनको जज्जाशील स्वाभावको बारेमा पढेको थिएँ । लोकसभामा उनले दिएको पहिलो भाषणका बारेमा के भन्ने गरिन्छ भने उनले त्यहाँ मेरो धारणा छ, मेरो धारणा छ, मेरो धारणा छ , यति शब्द मात्र तीन पटक भन्न सके तर त्यो भन्दा बढी भन्न सकेनन् । जुन अंग्रेजी शब्दको अर्थ धारणा हुन्न त्यो धारणाको अर्थ गर्भधारण पनि हुन्छ । जब एडिसन त्योभन्दा बढी बोल्न सकेनन् तब एकजना समलि गी सदस्यले भनिदिए, यी महाुनभावले तीन पटक गर्भधारण गरे तर केही पनि जन्माउन सकेनन् । मैले यो कहानी सोचिरहेको थिएँ । मलाई एउटा सानो विनोदपूर्ण भाषण गर्ने इच्छा पनि थियो । त्यसैले मैले आफ्नो भाषणको आरम्भ यो कहानीबाट गरेँ तर अगाडि बढ्नै सकेन, त्यहीँ नै अडियो । सोचे जति सबै बिर्सिएँ । विनोदपूर्ण, गुढार्थपूर्ण भाषण गर्ने कोसिसमा म स्वयं नै विनोदको पात्र भएँ । अन्त्यमा सज्जनवर्ग तपार्इँहरूले मेरो निमन्त्रणा स्वीकार गुर्नभयो, त्यसका लागि म तपाईँहरूप्रति आभारी छु, भन्दै मैले बस्नु पर्यो । मलाई सम्झना छ, मेरो लाज मान्ने बानी दक्षिण–अफ्रिका पुगेपछि मात्र हट्यो । तर पूरै हट्यो भनेर त आज पनि भन्न सक्दिनँ । बोल्दाखेरि सोच्नु त परिहाल्छ । नयाँ समाजका अगाडि बोल्नुपर्दा म लाज मान्थेँ अझै पनि बोल्नबाट बच्ने प्रयास गर्छु । आज पनि मेरो यो स्थिति छैन कि म साथीहरूसँग बसेका बेला धक फुकाएर बोल्न सकूँ या बोल्ने इच्छा लागोस् । मेरो यस्तो लजालु स्वाभावले मैले दुःख त भोगेँ नै तर मेरो नोक्सान भने केही पनि भएको छैन । बरू फाइदै भएको छ । पहिले बोल्ने कुरा मेरा लागि असजिलो थियो तर अब सजिलो छ । एउटा फाइदा त के भयो भने म शब्दको मितव्ययी भएँ । मलाई आफ्नो विचारमाथि नियन्त्रण राख्नका लागि सजिलो बानी बस्यो । मैले आफूलाई के प्रमाण दिनसक्छु् भने मैले मुखले या कलमले बिनासोच विचार गरी या बिना नापतौल कुनै दिन लज्जित हुनु परेको या पछुताउनु परेको घटना मलाई सम्झना छैन । म धेरै सङ्कटबाट मुक्त भएको छु, बचेको छु र आफ्नो समय बचाएर लाभ पनि प्राप्त गरेको छु ।
अनुभवले मलाई के पनि सिकाएको छ भने सत्यका प्रत्येक पुजारीका लागि मौनता नै मित्र हो । मानिसले जान अन्जानमै पनि प्रायः अतिशयोक्ति गर्दछ अथवा जुन कुरा सार्वजनिक गर्न लायक छ, त्यसलाई लुकाउँछ या भिन्दै प्रकारले व्यक्त गर्छ । यस्ता सङ्कटबाट बच्नका लागि पनि मितभाषी हुन जरुरी छ । थोरै बोल्ने व्यक्तिले बिना सोचविचार बोल्दैन । उसले आफ्ना प्रत्येक शब्दलाई तौलेर बोल्छ । प्रायः मानिसहरू बोल्नका लागि अधैर्य हुन्छन् । म पनि बोल्न चाहन्छु भन्ने जस्ता पत्र कुन सभापतिका हातमा नपरेका हुन्छन् ? तर त्यस्ता
व्यक्तहरूलाई जति समय दिएको हुन्छ, त्यो समय त्यसका लागि अपर्याप्त नै हुन्छ । ऊ अझै धेरै बोल्न चाहन्छ र अन्त्यमा त बिनाअनुमति नै बोल्न थाल्छ । यस्ता व्यक्तिका भाषणको प्रभाव मानिसमा कति पर्छ, त्यो सबैलाई थाहा छ । त्यो त समयको बर्बादी मात्र हो । मेरो लजालु स्वभाव नै मेरो सुरक्षाकवज थियो । त्यसले मलाई परिपक्व हुने मौका दियो । मलाई आफ्नो सत्यको पूजामा त्यसबाट सहायता मिल्यो ।
(महात्मा गान्धीको आत्मवृत्तान्तबाट)

सकारात्मक बाटो रोजौं भोलिको भविष्य आफै खोजौं

हरि अर्याल

म आज जिल्ल पर्छु । जताततै मानवमा किनहोला आडम्बरीपन बढेको, किन होला ढाँट र छलको खेती वृद्धि भएको, किन होला आफ्नो कला, संस्कृति, धर्म, चालचलन, रहन–सहन, संस्कार, चााडपर्व, खानपान, लवाइ खुवाइलगायतका यावत विषयहरू बिर्सिएको, किन होला मानवले आफ्नो दुःखलाई बिर्सिएको, किन होला आफ्नो अतीत बिर्सिएको ?
आज म वर्तमान युवायुवतीमा बढ्दै गएको देखासिकी प्रवृृत्ति र त्यसले निम्त्याउन सक्ने भोलिको विकराल अवस्थाप्रति सानो टिप्पणी उठाउन गइरहेको छु । म एउटा उदाहरण प्रस्तुत गर्न चाहन्छु । म एक दिन काठमाण्डौको नयाँ बजारको सोह्रखुट्टेको ओरालो झर्दै थिएँ । मेरो अगाडि एक केटी खुट्टा वाङ्घा टिङ्घा बनाउदै लर्खराउँदै तल ओर्लदै थिइन् । अकस्मात उनी लडिन् । उनी के कारणले लडिन भनेर मैले बुझ्दा उनी भर्खरै मात्र अग्लो हिल भएको चप्पल लगाएकी रहिछन्, उनले भर्खरै मात्र टिपिक्क हुने टाइट पाइन्ट लगाएकी रहिछन् । त्यसको कारण आफ्नो शरीरलाई आफ्नो बसमा राख्न नसकेर उनी लडेकी रहिछन् भन्ने कुरा मैले त्यहाँ पत्ता लागाएँ । यस्ता घटनाहरू त हाम्रो समाजमा दिनमा सयौं घटिरहेको हामी पाउछौं । तर यसको समाधानको बाटो छैन त ? के रोग लाग्नु भन्दा रोग लाग्छ कि भनेर सचेत हुनु नै राम्रो होइन र ? मलाई त लाग्छ रोगको बाटो छेक्नु नै बेश हो ।
म किन दिदी बहिनीतर्फ मात्र जाइलाग्ने दाजुभाइहरू तर्फ पनि जाइ लाग्छु । किनकि हाम्रा दाजुभाइहरू पनि कम्तिका छैनन् । उनीहरू पनि अर्काको नक्कल गर्न खप्पिस छन् । राम्रो पाइन्ट च्यातेर प्वालै प्वाल बनाउने, कानमा मुन्द्रा झुण्डाउने, शरीरका अन्य भागहरूमा विभिन्न रंगीविरंगी बस्त्रहरू पहिरने, गाँजा, चरेस खाने, समयमा घर नजाने, साथीहरूको संगतमा फस्ने र घरमा आमा बाबुलाई धम्की दिने आदि लगायतका कार्यहरू गरेको देख्दछु ।
म आर्को उदाहरण पेस गर्न चाहन्छु । मेरो कोठामा बस्नेभन्दा पल्लो घरको एउटा केटाले एस.एल.सी. परीक्षामा राम्रो अंक ल्याएर उत्र्तीण गरेको थियो । उसले मलाई अंकल म कुन फ्याकल्टी पढने, कुन विषय पढ्ने भनेर सोधेको थियो । मैले तिमी त काठमाण्डौको स्थानीय बासिन्दा, तिम्रो बुबासँग प्रशस्त पैसा छ, तिमी विज्ञान संकाय पढ वा अन्य प्राविधिक विषय पढ । किनकी मानविकी, शिक्षा, व्यवस्थापनलगायतका विषयहरू त सबैले पढ्छन । जो व्यक्ति सक्षम छ त्यो व्यक्तिले यस्ता विषयहरू पढ्ने होइन प्रविधिसँग सम्बन्धित विषय पढ्नुपर्छ भनेर मैले भने । उसलाई मैले मेरो आफ्नै उदाहरण दिएँ । म शिक्षा, मानविकी, कानुन पढेको व्यक्ति मेरो हालत कस्तो छ । जागीर पाउन गाह्रो पाए पनि थोरै । खर्च चलाउन कठिन सँधै अभावै अभाव । त्यसैले तिमी यस्ता जावा विषयहरू नपढ भनेँ ।
ऊ पनि मेरो कुरामा सहमत भयो र उसको भित्री इच्छा पनि विज्ञान विषय पढेर डक्टर बन्ने रहेछ । उसलाई मेरो हौसला ठूलो प्रेरणाको स्रोत बनेछ । त्यसैले उसले एघार कक्षाको लागि एक नाम चलेको कलेजमा भर्ना गरेछ । ऊ दिनदिन पढन जान थाल्यो । क्रमशः ऊ घर फर्कने क्रममा आजभन्दा भोलि ढिलो भोलिभन्दा पर्सि ढिलो गर्दै गएछ । घरमा आमाबाबुले किन त बाबु तिमी आजभोलि कलेजबाट ढिलो फर्कन्छौ भन्दा मेरो कलेजमा प्राक्टिकल ढिलोसम्म हुन्छ त्यसैले ढिलो भएको हो भन्ने जवाफ दिँदोरहेछ । तर ऊ प्राक्टिकलले ढिलो भएको नभई साथी भाइको संगतले बिग्रिएको रहेछ । ऊ साथीभाइको संगतमा लागेर गाँजा, चरेस, हिरोइन, स्म्याक्सलगायतका अन्य लागुऔषधि एवम् सिरिन्जहरू लगाउनेसम्मको भएछ । एक दिन त ऊ घर नै आएनछ । बाबुआमाले छोरा किन घर आएन भनी बुझ्न यताउता दौडधुप गरेछन् ।
कलेजको नजिकै नालामा एक केटा लडिरहेको छ । ऊ नै तपाईँको छोरो हो कि तपाईँले भनेको र उसको परिचयपत्रमा भएको नाम मिल्छ भनेर पुलिसले उसका आमाबाबुलाई खबर गरेछन् । आमाबाबु छोरो भएको ठाउँमा पुगेछन् । छोरो अचेत अवस्थामा देखे शरीरका विभिन्न भागहरूमा सिरिञ्जले घोचेको घाउ पनि देखे ।
उनीहरूले हत्त न पत्त नजिकैको अस्पतालमा छोरालाई लगे तर डक्टरले छोराको निश्चित स्थिति भन्न नसक्ने बताएछन । बाबु आमाले छोराको बचावटको लागि विभिन्न देवी देवताको नाम पुकार्दै भाकल गर्न थाले । एकैछिनमा भित्रबाट छोराको नाम लिदै “उसको मान्छे को हुनुहन्छ ?” भन्दै डा. बाहिर आएछन । हामी छौं भन्दै ती बाबुआमा डराउँदै ओठ कपाउँदै अगाडि बढेछन् । हाम्रो बाबुलाई कस्तो भयो ? भन्दै ।
डाक्टरले निराश हुँदै उसको मृत्यु भएको खबर सुनाउछन्–“हामीले उसलाई बचाउन धेरै कोसिस गरौं तर सकेनौ ।”
त्यसपछि ती बाबुआमा डाँको छोडेर रुन थालेछन्– “बाबु तिमीले हामीलाई छोडेर जान सक्दैनौ । तिमी नजाऊ । तिमी हामी नजिक आऊ ।”
बगेको खोला कहिले फर्कदैन भनेझै मरेको मान्छे कहिलै विउँतन सक्दैन । यो धुव्र सत्य हो ।
यो उदाहरण मैले यहाँ किन पेश गरेको हुँ भने व्यक्तिले संगत गुनाको फल प्राप्त गर्दछ । राम्रो संगतमा लागे राम्रो फल र नराम्रोमा लागे नराम्रो फल । यो तथ्यलाई मध्यनजर गरी कुनै पनि व्यक्तिले आफ्नो जीवनलाई अगाडि बढाउनु पर्दछ भन्ने मेरो मान्यता छ । अहिलेका युवा युवतीहरूमा चुरोट, बिँडी, जाँड, रक्सीलगायत अन्य पेय पदार्थहरू हामीले गाउँमा पालेको मुर्रा भैंसीको मोइ पिएजस्तै भएको छ ।
ग्रामीण परिवेशबाट आएका कति धेरै दाजुभाइ तथा दिदीबहिनीहरू सहर बजारको देखासिकी, बेरोजगारी, अभाव आदिको कारणले विसंगतिमा फसेर आफ्नो सुन्दर भविश्य सखाप पारिरहेका छन् । उनीहरूलाई मतलब छैन कि भोलिको भविश्य कस्तो होला ? आज त रमाइलो जिन्दगी बिताइरहेका छन् तर उनीहरूको जवानी सुक्दै गएपछि त पैसा आउने बाटो पनि त सुक्छ नि । खै त्यस विषयमा उनीहरूको ध्यान गएको ? त्यसैले म आज उनीहरूलाई दशऔंला जोडी यो बिन्ती गर्छु कि तिमीहरू सत्मार्गमा लाग । राम्रो साथीभाइको छनोट गर । दुःख गर्न सिक । अर्काको लहैलहैमा नलाग । तिमी आफू र आफ्नो घरपरिवारको स्तरअनुसार जिन्दगी बिताऊ । लक्ष्य ठूलो बनाऊ। आँट गर । तिम्रो मेहनत पक्कै खेर जाने छैन ।
म पनि त गाउँले ठिटो हुँ । तिमीजस्तै गाउँको भीर पाखापखेरामा हुर्किएको व्यक्ति हुँ । मैले पनि मेरो जिन्दगीमा ठूलठूला संघर्षहरूसँग लड्दा लड्दै यस अवस्थासम्म पुगेको छु । म थाकेको छैन । मैले अझै केही गर्नु छ । परिवर्तनका रेखाहरू कोर्नु छ, समाज राष्ट्रलाई परिवर्तन गर्नु छ । त्यसैले त्याग, तपस्या र बलिदानी भावना एवं कर्तव्यनिष्ठ भएमा मात्र यस किसिमका कार्यहरू सम्भव छ अन्यथा सपना सपनामै सिमित हुन्छ ।
अन्त्यमा म युवायुवतीप्रति विशेषगरी लक्षित गर्दै भन्छु – “सकारात्मक बाटो रोजौं, भोलिको भविश्य आफै खोजौं ।”

ढाँटि मात्रै रहे

तीर्था गौतम

नाम फेर्दै, आवरण फेर्दै आएका उनीहरूले
सुनौलो भविष्यको सपना देखाएर
गरिबका रगत पसिनासँग
सुखसयल र मोजमस्ती सटिरहे,
तर,
तर
गरिबहरू भत्किएको जीर्ण घर टाल्न पाउने आसमा
अनि एक धरो लगाउन पाउने,
एक छाक खान पाउने,
आफ्नो छोरोको उज्ज्वल भविष्य हेर्ने दिदृक्षा लिएर
रातोदिन उनीहरूकै भरोसामा आफ्नो रहरहरू
फलाइ रहे, फुलाइ रहे,
समयले पटक–पटक कोल्टे फे¥यो,
नयाँ जोश र उमङ्घहरू भरिँदै गए,
सबै हेर्न थाले उनीहरूको बाटो
तर,
तर तिनीहरूले ढाँटि मात्रै रहे,
उठ अब अग्निपुञ्ज बनेर
फेरि लगाऊ आगो गाउँ बस्ती छिचोलेर
बरु बन्छ भने देश,
आउँछ नयाँ पालुवा भने,
एउटा सुन्दर भावनाको विजारोपण गर्न,
एउटा सुन्दर संसारको पुननिर्माण गर्न
इतिहासबाट पटकौं पटक ढाँटियौं हामी
कोही एकले, कोही अनेकले
देखादेखी ठगियौँ हामी
देशभित्र बन्दक बनेर
अनेकौँ प्रताडन भोग्न बाध्य भयौँ हामी
आऊ भत्काऊ अचेतनाका पर्खालहरू
सचेतनको गोरेटो बनाउन
हामीभित्रको उमङ्गलाई
एउटा मिठो वास्तविकतामा साट्न छ ।
फगत
पुस्तकका पानामा लेखिएका आदर्शमात्रै
बटृलेर पढ्न छाड्यौं हामी
प्रत्येक दिन भोगेका अनुभूतिहरूलाई
एउटा सङ्कल्प तयारी गरी
आफ्नो भविष्यको भाग्य रेखा कोर्न
तयार तत्पर हुनुपर्छ हामी पनि,
कोही कसैले देखाएको
रहरभित्र नखुम्चियौं हामी
एउटा सुन्दर र जीवन बनाउन,
आफ्ना लागि आफै लडौँ हामी
जो  जुन र जस्तो अनुहार आए पनि
केवल हामीलाई ढाँटि रहे,
अब दिवा स्वप्नमा नबाचौँ
अनि
अनि
आदर्शको पछि मात्रै नलागौं
त्यागौं हामीभित्रको परमुखी स्वाभाव
फालौं अर्काको रंगिन संसार
किनकि
किनकि
सधैं हामीलाई ढाँटि मात्रै रहे
सधैं हामीलाई ढाँटि मात्रै रहे ।

नेपाल

प्रकाश सिंह ठकुरी

 सत्य युगमा सत्यवती, त्रेतायुगमा तपोवन, द्वापरयुगमा मुक्तिसोपान, कलियुगमा नेपाल भनिने राष्ट्रको, सिमाना पुर्वमा आसाम, पश्चिममा गढवाल, दक्षिणमा मध्यभारत, उत्तरमा हिमालय पर्वत भएको कुरा जवहारलाल नेहरूद्वारा लिखित इतिहासमा अशोक कुषाण, अकवर आदिको समयको १९५७ को भारतको मानचित्रले समेत पुष्टि गरेको छ । अंग्रेजहरू विश्वभरि आफ्नो झन्डा फहराउने क्रममा कलकत्ता बन्दरगाहबाट इष्ट इन्डिया कम्पनी खोल्न भारत प्रवेश गरी १७६४ ई ताका बंगाल, बिहार, महाराष्ट्र कब्जा गर्नु र पहाडी राज्य नेपालतिर आँखा गाड्नुले गोरखाका राजा पृथ्वीनारायण शाह सतर्क भई हिमाली, पहाडी राज्यमा छरिएर रहेका स–साना राज्यलाई एक गराई १७९० ई ताका बलभद्र, अमरसिंहको नेतृत्वमा गोरखाली सेनाले कुमाउ, गडवाल, देहरादुन आफ्नो कब्जामा लिए । काठमाडौंका राजा  जयप्रकाश मल्लले पत्र लेखी अंग्रेज सरकारसँग गोरखासित लड्न फौज मद्दत मागेकोमा अंग्रेज सरकारले वि.सं. १८२३ मा जनरल किनलकको नेतृत्वमा २४०० सेना नेपाल आउन लाग्दा वीरभद्र उपाध्याय र बशु गुरूङ्गको नेतृत्वमा रहेको १०० जवान गोर्खाली सेनाले सिन्धुलीगढीको नजीक पौवागढीबाट अंगे्रजी सेनालाई भगाई नेपालको भूमि रक्षा गरे भनी नालापानी सर्दार बलभद्र, मलाउको युद्धमा अमरसिंह थापा र देउथलको यद्धमा भक्ति थापा, जोहथकको युद्धमा जसपाल थापा, रणजोर सिंह थापा, जितगढीको युद्धमा उजिरसिंह थापा, पर्साको युद्धमा शम्शेर राणा र सर्वजित राणाहरूको कुशल शैनिक नेतृत्वको अगाडि अंग्रेजी सेना टिक्न सकेनन् भनी आफ्नो हातहतियार समेत छाडी भाग्नु प¥यो । इतिहासले प्रस्ट देखाएको छ कि नेपालभन्दा चीन २०० वर्षपछि, भारत २०० वर्षपछि, जर्मन १०० वर्षपछि मात्र स्वतन्त्र भए ।
यसप्रकार गोर्खाली सेनाको नेतृत्व लिने महान् पुरूष राष्ट्रनिर्माता बडामहाराजा श्री ५ पृथ्वीनारायण शाहको बारेमा विश्वका प्रसिद्ध लेखक हेविल्टनले ई. १८१९ मा लेखेको जीवनचरित्रमा “नरभुपाल शाहका जेठा छोरा पृथ्वीनारायण शाह, निर्वाध महत्वाकांक्षी, ठीक निर्णय गर्ने, ठूला साहसी, सर्वदा कार्य व्यस्त, विदेशीमा विश्वास नभएका, शत्रुलाई कहिले दया नगर्ने” भनी वर्णन गरेका छन् । विक्रम सम्वत् १८२२ मा दिल्लीका सम्राटले श्री ५ पृथ्वीनारायण शाहले नेपाल राष्ट्रनिर्माण गरकोमा “बहादुर शम्शेर जङ्ग” को पदवीले विभूषित गरेका थिए ।
नेपालका शाह वंशीय राजाहरूमा युद्ध कौशलता छ भने शान्तिको लागि अग्रसरता पनि देखिएको हँुदा विश्वका ११६ राष्ट्रले नेपाललाई शान्ति क्षेत्र घोषित गरेका थिए। शाहबंशीय राजसंस्थाको प्रत्यक्ष शासनकाल २०१७ देखि २०४५ सालसम्मको कालखण्डको नेपाललाई शान्ति क्षेत्र समर्थन गर्ने भारत र भुटानबाहेक मित्र राष्ट्रहरू ः–
१. चीन २. पाकिस्तान ३. कोरिया (उत्तर) ४. कोरिया (दक्षिण) ५. बंगलादेश ६. मलेसिया ७. फिलिपिन्स ८. चेकोस्लोभाकिया ९. इजरायल १०. लिबिया ११. श्रीलङ्का १२. सिंगापुर १३. बर्मा १४. इजिप्ट १५. इराक १६. चिली १७. इण्डोनेसिया १८. थाइल्याण्ड १९. बेल्जियम २०. बेलायत २१. युगोस्लाभिया २२. यमन २३. जापान २४. बहराइन २५. साउदी अरब २६. अष्ट्रेलिया २७. सुडान २८. माल्दिभ्स २९. नाइजेरिया ३०. केन्या ३१. साइप्रस ३२. फ्रान्स ३३. इटाली ३४. स्पेन ३५. माल्टा ३६. संयुक्त इमिरेट्स ३७. लग्जमबर्ग ३८. संयुक्त अमेरिका ३९. बु्रनाइ ४०. बाहाबास ४१. सोमालिया ४२. कोष्टारिका ४३. क्यानाडा ४४. लीसोट ४५. युरुगीनीया ४६. मेक्सिको ४७. कोल्बिया ४८. बोलिभिया ४९. जोर्डन ५०. सेन्ट लुसिया ५१. हैटी ५२. पाराग्वे ५३. नेदरल्याण्ड ५४. पोर्चुगल ५५. पकुवा न्यू गिनीया ५६. मोरक्को ५७. जर्मनी ५८. जमैका ५९. ट्युनिसिया ६०. कतार ६१. न्यूजिल्याण्ड ६२. सेनेगल ६३. गियुना ६४. तोगो ६५. होण्डुरस ६६. गवन ६७. होरिटीस ६८. कम्फुचिया ६९. ग्वाटेमाला ७०. होली सी ७१. लेबनान ७२. रुवान्डा ७३. सिरिया ७४. सेन्ट्रल अफ्रिकन रिपब्लिक ७५. स्वीट्जरलैण्ड ७६.फीजी ७७. पेरु ७८. बोटसवाना ७९. जावीया ८०. शेचेलस ८१. जायर ८२. डेनमार्क ८३. रोमानिया ८४. बेल्जियम ८५. जिम्बावे ८६. कुबेत ८७. पि. डि. आ. एमन ८८. लाइबेरिया ८९. ग्रेनाडा ९०. इक्वेडर ९१. डोमिनिकन रिपब्लिक ९२. बारबाडोस ९३. आइबरी कोष्ट ९४. माली ९५. ब्राजिल ९६. बुरुन्डी ९७. आइसल्याण्ड ९८. अल्बानिया ९९. फिनल्याण्ड १००. नर्वे १०१. कंगो १०२. साओ टोम एण्ड प्रिन्सेप १०३. इरान १०४. स्वीडेन १०५. भेनेजुएला १०६. एमन अरब रिपब्लिक १०७. निकारागुआ १०८. अष्ट्रिया १०९. ग्रीस ११०. स्वीजरल्याण्ड १११. मालावी ११२. क्यामरुन ११३. अर्जेन्टिना ११४. तान्जानिया ११५. टर्की ११६. आयरल्याण्ड
राजाको विषयमा विभिन्न विद्धान्को धारणा
 कौटिल्य भन्छन्ः–प्रजा सुख सुखे राज्य
प्रजा नामानांच हिते हितम्
मनुस्मृतिः
राजा मानिसका रूपमा देवता हुन् ।
राजआज्ञा सबैले पालना गर्नुपर्छ ।
तर आँखामा आँसु लिएर आज्ञा पालना गर्नु पर्दैन ।
सुक्र नीतिः
राजदण्ड भयालोक स्व. स्व. धर्म परो भवेत ।
महाभारतः
राजा बन्धु र टन्धु नाम राजा
चक्षुर चक्षुषाम पिताच
माताच सर्वेष न्यायवर्तिनाम
(राजा दाजुभाइ नहुनेको दाजुभाइ, आँखा नहुनेको आँखा न्यायको बाटोमा हिंड्नेहरूको राजनै बाबु आमा हो ।)
हव्स
राजतन्त्रात्मक शासन उचित मात्र होइन, सर्वश्रेष्ठ हो ।
दाँते
लौकिक सत्ता राजतन्त्रको रुपमा सर्वव्यापक अधिकार जमाउन सकोस्
राजतन्त्र इटलीमा मात्र सीमित नभई संसारभरि नै हुनुपर्छ।
माण्टेष्कुयू
आदर्श गणतन्त्र मुख्यतः युनानी नगर राज्य जस्ता कम क्षेत्रफल भएका राज्यहरूमा मात्र लागू हुन्छ । ठूला राज्यहरूमा राजतन्त्र नै सर्वाधिक उपयुक्त हुन्छ ।
विश्वका अति विकसित १९ राष्ट्रहरूमध्ये १३ राष्ट्रमा राजसंस्था रहेकोले पनि प्रमाणित हुन्छ कि राजतन्त्र विकासको बाधक होइन । सुदूरपश्चिमको अति विकसित राष्ट्र बेलायतले राजसंस्थाको गरिमा र अस्तित्व कायम गरेको छ भने सुदूरपूर्वको जापानको राजसंस्थाले नै जापानको अस्तित्व र संस्कृति जोगाएको छ ।
संबैधानिक राजसंस्था किन?
नेपालको राजसंस्थाबाट शोषित कुनै एक परिवार स–प्रमाण आउन सक्नुहन्छ ?
नेपालको राजसंस्थाबाट एक इन्च नेपालको भूमि र एक थोपा पानी बेचेको प्रमाण छ ?
नेपालको राजसंस्थाबाट कुनै पनि जातिको धर्म संस्कृतिमा बन्देज लगाइएको छ ?
नेपालको राजसंस्थाबाट कुनै क्षेत्र वा कुनै जातिको विकासमा बन्देज लगाइएको छ ?
आफ्नो सन्तानलाई काखमा राखी आत्मालाई साक्षी राख्नुहोस् र भन्नुहोस्, पञ्चायतकालमा होस् वा हालमा, आम नेपालीलाई प्रलोभनमा पारी चुनाव जिती सरकार चलाउने व्यक्ति र समूह वा एक सय चार वर्ष राजसंस्थालाई कैदी बनाउने राणा सरकारले गरेको दोष राजसंस्थालाई दिन स्वाभिमानी नेपाली तयार हुनुहुन्छ ?
कसैको ललाई–फकाई, डर–त्रासमा नपरी स्वच्छ मनले सम्झनुहोस् ।
नेपालको राजसंस्थाबाट संसारभरि अंगे्रजको शासन चलेको बेला हिमाल पहाड र तराईसमेतको सम्पूर्ण साना राज्यलाई एक ढिक्का पारी अंग्रेजको बन्धनबाट नेपाललाई स्वतन्त्र राखियो ।
अंगे्रजकोविरुद्ध लड्न विशाल नेपाल बनाउन पूर्वमा टिष्टा, पश्चिममा कांगडा, उत्तरमा कुतिकेरु, दक्षिणमा सतलज नदीसम्म विशाल नेपालको निर्माण गरियो । सो क्रममा काठमाडौं उपत्यका विजयपछि उपत्यकाको नेवारी संस्कृति घोडेजात्रा, गाईजात्रा, भोटोजात्रा आदिलाई नमासी स–सम्मान अपनाइयो ।
आम नागरिकको विचारलाई सम्मान दिन श्री ५ पृथ्वीनारायण शाहबाट नेपालको मुख्तियार (प्रधानमन्त्री) बिराज बखतेलाई दिन लाग्दा सर्वसाधारण नागरिक बिसे नगर्चीको रायमा नेपालको मुख्तियारी कालु पाँडेलाई दिइयो ।
१०४ वर्षसम्म जहानिया राणा शासनको कैदी बनी आफू र नेपाललाई स्वतन्त्र बनाउन क्रान्तिको विगूल फुकियो । २००७ सालदेखि सम्पूर्ण जनजाति, तराईबासी, तल्लो जात, जसलाई जहानिया राणा शासनमा जुत्ता लाउन, सुनका गहना लाउन बन्देज लगाइएको थियो, त्यस प्रथालाई हटाइयो ।
२०२० सालदेखि मुलुकी ऐनबाट जातभात फुक्का गरी सम्पूर्ण नेपालीलाई एक बनाई सबैलाई पढ्न, चुनाव लड्न, उद्योग व्यापार गर्न, जागिर खान, हिंडडुल गर्न, भोट दिनजस्ता सम्पूर्ण अधिकार सम्पन्न बनाइयो । २०२१ सालमा  भूमिसुधार लागू गरी जग्गा जोत्नेलाई जग्गाको स्वामित्व कायम गरियो ।
 विकेन्द्रीकरणको लागि गाउँफर्क अभियान, अञ्चल, क्षेत्रको निर्माण, १ सय १६ राष्ट्रबाट (भारत, भुटानबाहेक) नेपालको शान्ति क्षेत्रको प्रस्तावमा समर्थन, असंलग्न परराष्ट्र नीति , सार्क संगठनको जस्तो कार्यमा संस्थापकीय पूर्ण योगदान भयो भने राणा कालको समयमा लागू गरिएको जमिन्दारी प्रथा एवं विर्ता जग्गाको उन्मुलन गरियो । श्री ५ पृथ्वीनारायण शाहदेखि श्री ५ राजेन्द्र विक्रम शाहसम्मको पाँच पुस्ता नेपालको निर्माण र युद्धमै बित्यो ।  श्री ५ सुरेन्द्रबाट  श्री ५ त्रिभुवनसम्म चार पुस्ता कैदमा बित्न गयो भने श्री ५ महेन्द्रबाट आम नेपाली जनताबाट निर्वाचित सांसदहरूलाई आफ्नो रेखदेखमा सरकार चलाउन दिइयो । ३० वर्षमा लिइएको विदेशी ऋण २८ अर्बमा, हामीले प्रयोग गरको सम्पूर्ण नेपालको ९५ प्रतिशत बाटो जलविद्युत्, योजना, दूरसञ्चार भवन, औद्योगिक क्षेत्र, हवाई ग्राउण्ड, अस्पताल आदि निर्माण भयो, तर २०४६ सालदेखि यता आएर लिएको विदेशी ऋण ६ सय २५ अर्बमा कति विकास भयो ? आँखाको सामुन्ने छ भने राज्यको ढुकुटी जहानिया राणा शासनको पालामा घरमा राख्ने प्रावधानलाई तोेडी राष्ट्रबैंकमा राख्ने प्रावधानको थालनी भयो ।
 विदेशी राष्ट्रहरूसँग नेपालको सम्बन्ध हेर्ने हो भने राणाकालमा बेलायत १९३४, अमेरिका १९४७, भारत १९४७ र फ्रान्स १९४९ गरी चार राष्ट्रसँग सम्बन्ध भयो । २००८ सालदेखि २०१५ सालसम्म अन्तरिम भनौं वा शून्य समयमा ७ राष्ट्रसम्म मात्र हुनु र २०१७ सालदेखि २९ वर्षसम्ममा ९९ वटा राष्ट्रसँग सम्बन्ध गाँसिनुबाट पनि राजसंस्थाको वैदेशिक नीति प्रष्टिन्छ ।
तसर्थ एकता–विकास–धर्म को रक्षार्थ भावी पुस्तालाई नेपाल भन्ने देश सुम्पिनु सवैधानिक राजसंस्थाको जगेर्ना वा अन्त्य ? भन्ने सवालको जवाफ स्वाभिमानी नेपाली जनताको हातमा आएको छ ।
हिन्दूधर्म
 हिन्दू धर्माबलम्बी ग्रन्थ वेद, पुराण, महाभारत, रामायण गीता –श्रीमद्भागवत् गरुडपुराण आदिमा विश्वको उत्पत्तिदेखि अन्त हुने घटनाको पूर्ण विवरण, हवाई जहाजको परिकल्पनामा पुष्पविमान, महाभारतको युद्धको संजयद्वारा घरै बसी प्रत्यक्ष प्रसारण, क्षेप्यास्त्रको परिकल्पनामा ब्रह्मास्त्रजस्तै युद्ध सामग्री विभिन्न ग्रहको एक आपसको दूरी , विभिन्न ग्रहको कार्यको समय तालिका, सूर्यको प्रकाशको गति आदि हजारौं हजार भविष्यमा घट्ने कुराहरू वर्णन हुनु जस्तै सीता राम लवकुस दशरथ वालि सुग्रिव रावण आदि बारे घटना घट्नु अगावै रामायण लेखिनु, कुन समयमा कसले के जन्म लिई के कर्तव्य गर्ने बारे पूर्ण विवरण पहिले नै धर्मग्रन्थमा  लेखिनुले २१ औं सदिका वैज्ञानिकहरूले अझसम्म पत्ता लगाउनु सकेका छैनन् भने केही पत्ता लगाई आविष्कारसमेत गरेका छन् ।
हिन्दू धर्ममा गरिने सम्पूर्ण कुराहरूलाई २१ औं सदिका वैज्ञानिकहरूले वैज्ञानिक आधारमा सही हो भनी प्रमाणित गरिरहेका छन् । हिन्दू धर्मको मूल थलो नेपालभुमि भएको प्रमाणित पनि भएको छ । जस्तै बुद्धको जन्नस्थल लुम्बिनी, महाभारतको विराट राजाको राजधानी विराटनगर, रामायणको बाल्मीकि ऋषिको आश्रम नवलपरासी, जगत् जननी सीताको धर्ती गमनस्थल चितवन जिल्लाको देवघाट आदि ।
 आफ्नो धर्म संस्कृति परिपाटीको रक्षाको लागि विश्वमा कैयौं युद्ध भएका छन् । धर्म युद्धको कारण प्रसियाबाट जर्मनी साम्राज्य, सर्जिनियाबाट इटाली, वेक्ससबाट गे्रट व्रिटेन, गोरखाराज्यबाट नेपालको उत्पत्ति हुन गयो भने हिन्दूस्थानको अयोद्धाअवस्थित वावरी मस्जित विवादमा लाखौं लाख हिन्दू मुस्लिमको मृत्यु हुन गयो ।
हिन्दूस्थानमा नै विशाल मुगल सम्राज्य हिन्दू, मराठी, जात जातिहरूको धर्म युद्धको फलस्वरुप पतन हुन गयो ।
 सन १०९५ देखि ९९ सम्म युरोपको इसाई राजाहरू र पश्चिमी एसियाका तुर्कहरूबीच धर्मयुद्ध चर्कियो । इरानीहरूले तुर्कीहरूलाई पराजित गरी जेरुसेलममा अधिकार जमाए । मल्लकालीन राजा प्रताप मल्लको समयमा तिव्बततिरबाट नेपाल आई राजा प्रताप मल्ललाई दुरविनलगायत विभिन्न वस्तुहरू उपहार दिई धर्म प्रचार गर्न बसेका पादरीलाई पृथ्वीनारायण शाहले उपत्यका विजयपश्चात देश निकाला गरे ।
विभिन्न धार्मिक परम्पराको समन्वयस्थल नेपाल उपत्यकामा हिन्दू धर्म र बौद्ध धर्मको नास पार्ने उद्देश्य लिई राजा जयराज देवको शासनकालमा वि. सं. १४०६ को मंसिर महिनामा पूर्वतिरका बङ्गालका शासक समसुद्धिन इलियास विशाल फौज लिई काठमाडौं आई उपत्यकाको घर–सम्पत्ति कलाकृति तोडफोड गरी आगो लगाए भने स्वयम्भूको चैत्य भत्काउनुका साथै पशुपतिनाथको शिवलिङ्गलाई तीन टुक्रा पारी फोरे जुन आज पनि फलामको पातले बाँधिएको छ ।
यस्तै घटना गणतन्त्र नेपालको पुष्पकमल दाहाल “प्रचण्ड” को शासनकालमा नेवार जातिको प्रमुख चाड इन्द्रजात्रा तथा पशुपतिनाथको पूजा भाँड्ने प्रयास गरियो । माधवकुमार नेपालको कार्यकालमा हिन्दू धर्मलाई नीच देखाउन परराष्ट्र मन्त्रालयको विरोध हँुदाहँुदै क्रिश्चियन धर्म प्रचारक कोरियन पादरीलाई भि. भि. आई. पी. सुविधा नेपालमा प्रदान गरियो । हिन्दू अधिराज्य नेपाललाई युरोपियन मुलुक तथा भारतलाई खुशी पार्न आम जनताको इच्छा विपरीत विश्वमा १५९ राष्ट्रधर्म सापेक्ष हुँदाहँुदै रातारात धर्मनिरपेक्ष राष्ट्र घोषणा गरी हिन्दू धर्मको अपमान गरी गणतान्त्रिक नेताहरूले करौंडौं डलर तथा भारुले आफ्नो पोल्टा भरे । राष्ट्रनिर्माता श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहबाट काठमाडौं उपत्यका विजयपश्चात.् जनता बलिया भए दरबार बलियो हुन्छ भन्ने भावनाले ओतप्रोत भई नेवारी धर्म संस्कृतिको सम्मान गरी शाक्यबंशको कन्यालाई कुमारी रूपमा पूजा गर्ने लगायत भोटोजात्रा, इन्द्रजात्रा, घोडेजात्रा आदि जात्रालाई राष्ट्रिय चाड बनाए । जसले गर्दा नेपाल सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता र सर्वधर्म सहअस्तित्व सहितको सनातन धर्मलाई ठूलो टेवा पुग्न गयो ।
 किराँतीहरू प्रकृतिका पुजक भएता पनि पछि आएर हिन्दू धर्म सरह मुर्ति पुजक भई किराँतेश्वर महादेवको पूजा गर्न थाले भने बोद्धमार्गीहरू पनि मुर्ति पूजा तथा पुर्नजन्ममा हिन्दूधर्म सरह विश्वास गर्न थाले । जहानिया राणाशासनको समयमा श्री ५ लाई कैदी सरह बनाई आम नेपालीमाथि सामाजिक, आर्थिक, धार्मिक शोषण गर्न थालियो । तल्लो जातले जुत्ता टोपी सुनको गहना लगाउन नपाउने, जनताको राम्रा छोरीबुहारी आफ्नो दरबारमा झिकाई राख्ने पछि घरजग्गा गरगहना बकस दिई फिर्ता पठाइदिने, राणा परिवारमा गर्भमा बालक आउने बित्तिकै सैनिक अफिसरको पद पाउने, जनता  बाट असुल गरिएको करको रकम राणाको निजी ढुकुटीमा जान थाल्यो । सरकारी जग्गा आफ्नो ठानी बकस भनी बाँड्न थाले, शाहवंशीय राजाहरूले अंग्रेजहरूलाई नेपालमा छिर्न नदिएता पनि अंगे्रजलाई खुसी पार्न राणा सरकारले अंग्रेजसँग सुगौली सन्धि गरी पुर्वमा मेचीदेखि पश्चिममा टिष्टासम्मको तराईको भूभाग अंग्रेजलाई सुम्पे भने सिक्किममा गाभिएको नेपालको भुमि नेपालका राजाले फिर्ता माग्न नपाउने जस्ता कार्यको विरोध गर्दै राष्ट्रपिता त्रिभूवनले वि. सं. १९९३ देखि राणाबाट लुकी जनतासँग मिली विभिन्न संगठन खोल्न थाले । जसको ज्वलन्त उदाहरण हो, १९९३ सालको भाद्र महिनामा महेन्द्र, हिमालय, बसुन्धरा, गणेश राजपन्त, डा«इभर मरिचमान नकर्मी आदिले बाग्मती नदीमा हात डुबाई किरिया खाई रक्तपात मण्डली खोलिनु । सोही समयमा महावीर इन्स्टिच्यूट स्वयम् सेवक संगठन, नागरिक अधिकार समिति, नेपाल प्रजापरिषद पार्टी गठन भई क्रान्ति गर्न थालियो भने भारतमा अंग्रेज भगाऔं आन्दोलनमा लागेका नेपालीहरूले त्रिभुवनबाट क्रान्ति सुरु भएको ११ वर्ष पछि २००३ साल माघ १२ गते वी. पी. कोइरालाले बनारसमा पत्रकार मार्फत “अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस” स्थापनाको जानकारी गराएर, सन १९४७ को २५–२६ जनवरीमा कलकत्ताको भवानीपुरमा सम्मेलन गरी भारतको स्वतन्त्रताको आन्दोलनमा सहयोग गर्ने र पछि नेपालमा श्री ५ को नेतृत्वमा जन उत्तरदायी सरकार गठन गर्ने भने तापनि २००६ साल चैत्र २६ गते पुर्नगठन गरिएको नेपाली काँग्रसले (वैरगनिया सम्मेलनबाट) त्रिभुवन स्वइच्छाले राजगद्धी त्यागी भारत प्रस्थान गरे ।
उपरोक्त घटना क्रमले शाहवंशीय राजाहरू नेपाल र नेपालीको लागि त्याग गर्न सक्छन् भने हामी नेपालीले किन नगर्ने – आफ्नो धर्म संस्कृतिको रक्षार्थ हामी सबैले अग्रसर हुनुपरेको छ भने नेपाल र नेपालीको आ – आफ्नो धर्म संस्कृति परिपाटी आदिलाई जसरी हामीले पुर्खाबाट लियौं त्यसरी नै हाम्रो भावी सन्तानलाई सुम्पिनु नै हाम्रो परम कर्तव्य भएको हो ।

आहार अनुशासन

हामी के खान्छौँ भन्दा पनि महत्वपूर्ण अर्को प्रश्न छ,  “हामी कसरी खान्छौँ ?” स्वस्थ रहन आहार पौष्टिक हुनुपर्ने कुरा मात्र सबै होइन, तरिकापूर्वक त्यसलाई खान जान्नु पनि पर्दछ । उपनिषद्कार भन्दछन् – “ आहार स्वास्थ्यको लागि त्यो हितकर वस्तु हो जसलाई खान जानेमा उत्तम स्वास्थ्य र आत्मानन्द प्रदान गर्छ, परन्तु यदि खान जानेन भने त्यही अहितकर बनी नाना प्रकारका रोग पैदा गराई भोको बाघले झैँ स्वयं खानेवालालाई नै खाइदिन्छ ।” यसरी जुन उचित सेवनबाट स्वास्थ्य लाभ गराउने आहार हो, त्यसैको अनुचित सेवनले नोक्सानी पनि हुन्छ । आहार–सम्बन्धमा यो बिर्सन नहुने अति महत्वपूर्ण यथार्थ हो ।
 हाम्रा प्राचीन ऋषिमुनिहरुले मानव शरीरका लागि विधिपूर्वक गरिने आहार नै ‘औषधि’ र जुन ‘औषधि’ हुन्छ, त्यो नै आहार हो भनी आहार र औषधिलाई एउटै पर्यायमा लिएका छन् । सही आहारको सही र विधिपूर्वक गरिएको सेवनले औषधिको कार्य गर्दछ । त्यसैले नियमित प्राकृतिक भोजनमा रहने व्यक्तिलाई हतपति कुनै रोग लाग्न सक्दैन । अङ्ग्रेजीमा एक भनाइ छ, ूम्ष्भत अगचभक mयचभ तजबल मयअतयचक। ध्ष्कमयm उगचभक mयचभ तजबल धबतभचक।ू अर्थात् “डाक्टरभन्दा रोग दमन गर्न आहार बढी प्रभावकारी हुन्छ । पानीभन्दा बुद्धि बढी प्रभावकारी हुन्छ ।” रोगको चिकित्सा गर्न औषधि प्रयोग गर्ने विधिभन्दा आहार र त्यसको पाक वा सेवन विधितिर ध्यान बढी जानु जरुरी छ।
यसरी किटानका साथ भन्न सकिन्छ कि केवल आहार–सुधारबाट मात्र पनि हाम्रा अनेक रोगहरू निर्मूल हुन सक्दछन् । हाम्रो शास्त्रको घोषणा छ, “उचित आहार उचित नियमसाथ ग्रहण गर्ने मानिसको लागि वैद्य चाहिदैन । ऊ आफ्नो चिकित्सा आफै गर्न सक्दछ ।”
भोजन गर्ने सम्बन्धमा शास्त्रमा केही विधानहरू छन् । तिनको ज्ञान गरेर राम्ररी पालन गरे जो कोही पनि आहारबाट अत्यधिक लाभन्वित हुन सक्दछन् । तसर्थ तल ‘आहार–अनुशासन’ मा विस्तारपूर्वक बताइएका नियमहरूलाई आफ्नो विवेकबुद्धिको प्रयोग गरी आफ्नो दैनिक जीवनमा अपनाएर रोग तथा दुःखबाट छुटकारा पाउन सकिन्छ । यिनको पूरा–पूरा पालना गरी स्वस्थ, सुखी र दीर्घायु जीवन जिउन प्रयत्नशील रहनु प्रत्येक मानवको कर्तव्य हो ।
भोजनको सही मात्रा
भोजनको मात्रा पाचनशक्तिमा भर पर्दछ । पाचक–अग्नि सबैको कएनास हुँदैन, फरक–फरक हुन सक्दछ । अतः सबैले आ–आफ्नो जठराग्निअनुरूप नै भोजन गर्नु पर्दछ । प्रवल पाचनशक्ति भएको व्यक्तिलृे जुन मात्रामा भोजन गर्दछ, त्यो मात्रा सामान्य पाचनशक्तिवालाको तुलनामा बढी होला । तर ऊ आफ्नो लागि भने सामान्य नै हुन्छ, त्यो मात्रा प्रवल पाचनशक्तिवालाको तुलनामा कम होला, तर ऊ आफ्नो लागि भने सामान्य नै हुन्छ, कम हुँदैन । यसरी फरक–फरक पाचनशक्ति भएका मानिसहरूले लिने गर्ने भोजनको मात्रा पनि फरक–फरक नै हुन्छ । त्यसैले प्रत्येक मानिसले आ–आफ्नो शरीरको पाचनशक्तिको क्षमता जे जस्तो छ – प्रवल, मध्यम, निम्न, त्यसैअनुसार भोजनको मात्रा निश्चित गर्नुपर्दछ । सबैका लागि भोजनको मात्रा एकनासले निश्चित गर्नु जरुरी छैन र यो उचित पनि होइन । जुन मात्रामा भोजन लिँदा भोजन गर्ने व्यक्तिको प्रकृतिमा बाधा पुग्दैन र ठीक समयमा पच्ने हुन्छ, त्यो नै त्यस व्यक्तिका लागि उचित मात्रा हो ।
बालक, वृद्ध वा तरुण जोसुकै होस्, आ–आफ्नो शरीरको आवश्यकता र अवस्थालाई हेरेर जुन–जुन मात्रामा भोजन लिनु पर्ने हो, त्यो पाचनशक्तिको क्षमतालाई विचार गरेर नै लिनुपर्दछ । एउटा स्वस्थ्य पुरुषको शरीरलाई दैनिक २७०० क्यालोरीको आवश्यकता पर्दछ । विशेष गरी शारीरिक श्रम गर्नेलाई भने यो भन्दा बढी मात्रा अपेक्षित छ ।
 एउटा स्वस्थ महिला २१००, किशोर २४०० र किशोरीलाई २००० क्यालोरीको रोजिन्दा जरुरत पर्दछ । ध्यान रहोस्, यसरी जठराग्निको प्रकृतिअनुसार भोजन लिनुपर्दा प्रत्येकले यो नियमलाई पालन गर्नु परम आवश्यक छ कि “न धेरै, न थोरै” ठीक मात्रामा भोजन गरियोस् । निश्चित रूपले केही कम लिनुलाई नै यहाँ “ठीक मात्रा” भन्ने बुझ्नुपर्दछ । “सदैव पेट वा भोकले जति मागेको छ, त्यो भन्दा केही कमै मात्रामा भोजन गर्नुपर्दछ र पेटलाई हमेसा हल्का–फुल्का नै रहन दिनुपर्दछ । यो अनुशासन आहारको सम्बन्धमा अत्यन्त महत्त्वपूर्ण भएकोले यसैबाट स्वस्थ्य, दीर्घयु र रोगमुक्त रहन सकिने तथ्यलाई हामीले बिर्सनु हुँदैन । यहाँ कम खानुको मतलव आफूलाई भोकै राख्नु होइन । कम खानुको अर्थ अलिकति अझै खाउँ–खाउँ लाग्ने अर्थात् केही अझै खान सकिने जस्तो महसुस भएपछि खान छोडिदिनु हो ।
 मनको चाहना र चञ्चलताको आवेशमा अनावश्यक रूपले पेटभरि कहिल्यै खानु हुँदैन । यसरी कोची–कोची, उकुसमुकुस हुने गरी खाुन अत्यन्त हानिकार हुन्छ । उठबसै गर्न मुस्किल हुने गरी, चल्न–बोल्न, सास फेर्न अप्ठ्यारो महसुस हुने गरी, पेट भारी वा गाह्रौं हुने गरी अर्थात् शरीर तथा मनमा आलस्य र सुस्ती देखापर्ने गरी भोजन गर्ने गलत आदतलाई तत्काल हटाइदिनु पर्दछ । विस्तारै–विस्तारै कमै खाने आदतलाई बसाल्दै सिमित आहार–सेवी बन्नु पर्दछ ।
 अपर्याप्त भोजन गर्नु, जबर्जस्ती धेरै बेरसम्म भोक सहनु, उपवासमा अति गर्नु अर्थात् धेरै दिनसम्म लगातार उपवासलाई जारी राख्नु उचित हुँदैन । यसबाट शरीरको साथसाथै मन तथा चेतनशक्ति पनि दुर्बल, निर्बल, निस्तेज, कमजोर र क्षीण हुँदै जान्छ । “जहाँ एकातिर धेरुै खानु अत्यन्त हानिकारक छ, त्यहीँ अर्कोतिर ज्यादै कम खानु पनि त्यतिकै हानिकार छ ।”
–स्वामी विशुद्धदेव

देवगुरु

चन्द्रप्रसाद पाण्डेय

 उसले त्यति राम्रो दृश्य जीवनमा कहिल्यै देखेन। हुन पनि स्वर्गको झिल्काजस्तो थियो । कलकल आवाजमा बगिरहेको स्वच्छ नदी, लटरम्म फलेका सुन्तलाका पहेँलपुर वृक्षहरू, स्याउ र केराका घारीहरू, सुगन्धित फूलहरूको बासना, बोटवृक्ष र लहराले भरिभराउ जङ्गल, चिरबिर चिरबिर चराको सङ्गीत ।
 नदी किनारको स्वच्छ वातावरणमा देवगुरु प्रकट हुनुभयो । मानिसहरू धेरै समयदेखि देवगुरुको प्रतीक्षामा थिए । देवगुरुको आगमन होला र आफ्ना गुम्सेका पीडाका पोकाहरू फुकाउँला भन्ने ठूलो आशामा बसेका थिए; केवलपुरका बासिन्दा । उनीहरूले गाउँमा धेरै पहिले देवगुरुको प्रतिमा र विशाल प्रार्थना कक्ष निर्माण गरेका थिए । त्यहाँ भजन कीर्तन, प्रवचन तथा पूजापाठ नियमअनुसार  सञ्चालन गर्थे । एकदिन एक भक्तलाई एक्लै पार्थना कक्षमा निकैबेर ध्यानमग्न हँुदा देवगुरुले भन्नुभयो रे—“हेर ! म एकचोटि साकाररूपमा प्रकट हुनेछु र गाउँले सबैको दर्शन दिनेछु ।” त्यो भक्तको कुरा सुनेपछि त्यो गाउँका मात्रै होइनन् टाढा टाढाका मानिसहरू पनि पूजापाठ लगाउन त्यहाँ आउन थाले ।
 सूर्यको तेजजस्तै उज्ज्वल रूपमा आफ्नो सम्मुख उभिएका देवगुरुलाई त्यहाँका बासिन्दाले झुकी–झुकी प्रणाम गरे । गर्वले पुकलित भए । देवगुरुले चारैतिर हेर्नुभयो र सबैलाई बस्ने निर्देशन दिनुभयो । सबैजना हरियो चौरमा पलेटी मारी बस्न थाले । त्यस शान्तमय वातावरणमा गुरु एकछिन रोकिनुभयो र बिस्तारै सम्बोधन गर्न थाल्नुभयो– “तपाईँको प्रार्थना, भक्तिप्रेमले म प्रसन्न छु । म आज तपाईँहरूका समस्याहरू प्रत्यक्ष श्रवण गर्न चाहन्छु ।”
 मानिसहरू एकआपसमा एक अर्कालाई हेर्न थाले । के बोल्ने, कसरी बोल्ने पत्तो भएन । पछाडितिर बसेको एक युवक गुरुसँग साक्षात्कार गर्न तम्तयार देखियो । गुरुले उसलाई हेर्दै भन्नुभयो–“तिम्रो समस्या के छ ?”
त्यो युवकलाई उसकी आमा र बहिनीले सहारा दिई समूहको अगाडितिर ल्याएर घरैबाट ल्याएको बाक्लो चकटीमा टपक्क राखिदिए ।
 युवक बोल्न थाल्यो– “देश र जनताको मुक्तिको लागि ज्यानको बाजी लगाएर लडेँ । म यद्धमा लड्न जानुपूर्व (नजिकै उभिएकी आमालाई देखाउँदै) यी आमाले नजाऊ छोरा युद्धले कसैको भलो गर्दैन भन्नुभएको थियो । (बहिनीलाई देखाउँदै) यो बहिनीले दाजु नजानुस् , मारकाट गर्ने त राक्षसले हो; हामीले होइन, यदि तपाईँ युद्धमा हताहत हुनुभयो भने आमा र म बिचल्लीमा पर्छौं भनेकी थिई । धेरै वर्षदेखि जकडिएको जर्जर अवस्थामा रहेको देश र जनताका पीडाहरूको नष्ट गर्ने बाचा खाएको थिएँ । नसा – नसामा देशभक्तिको भाव सञ्चारित थियो । रगत उम्लेर रनक्क रनक्क भएको थियो । मैले आमालाई ढाडस दिँदै भनेको थिएँ – आमा म देश बनाउने सपनामा छु, मलाई आशीर्वाद दिनुहोस् । बाँचे भने विजयको माला लगाएर आउनेछु, मरेँ भने मातृभूमिको ऋण ति¥यो भनी सम्झिनुहोला, मैले देखेको सुन्दर सपनालाई नच्यातिदिनुहोस् बिन्ती आमा ! आमाले धेरै सम्झाएपछि मुटु दह्रो बनाएर बिदा दिनुभएको थियो । म युद्धमा होमिएँ । देश र जनतालाई चुसेर उन्मक्त भएका शासकको सत्तालाई हामीले थर्कमान पा¥यौं । शासक सुरक्षाको चोघेरोमा बस्दै हामीलाई मार्नको लागि आदेश दिन्थे । बम, बारुद हामीमाथि बर्सिन्थे । हामी झन् बढी जुझारु भएर मौलाउँथ्यौँ । अचानक मेरो दायाँ खुट्टामा गोली लाग्यो । म पल्टेँ । पल्टेकै अवस्थामा फेरि ३, ४ गोली बायाँ र दायाँ खुट्टामा हानियो । म बिचेत भएँ । म होसमा आउँदा म अँध्यारो कोठाको भुसे गुन्द्रामा फ्याँकिएको थिएँ । झुत्रो गुन्द्रोमा पोखिएको भुसलाई मेरो नाकको फोराबाट निस्केको सासले पर–पर फालिरहेको थियो । छट्पटाउँदै रात कटाएँ । अर्को दिन मलाई अस्पताल लगियो । मलाई विचेत बनाइयो । ब्यूँझदा दुई वटा खुट्टै काटिए । आन्दोलने झन् चर्को रूप लियो । सत्ता पल्टियो । म खुशी भएँ तर देश र जनताको दुर्दशा झन् जटिल र विकराल हुँदै गयो । अहिले मेरो मन खिन्नको खिन्नछ । (सुकेको र ठुटिएको खुट्टा देखाउँदै) यी काटिएका खुट्टाका डोबहरू भने पुरिएलान्, मेरो मनको घाउ कसरी पुरिएला गुरु, देवगुरु म यही विन्ती गर्छु ।” एकछिन सन्नटा छायो।
 केही बेरपछि समूहको बीच भागबाट रौद्ररूप लिएकी एक महिला उठिन् र देवगुरुलाई प्रणाम गरिन् अनि भनिन् – “गुरु म अन्यायमा परेँ । म बलात्कृत भएँ । घाँस काट्न जंगल गएकी थिएँ; ३, ४ जनाले मेरो अस्मिता लुटे । मेरो क्रन्दन जंगलमै विलय भयो । उनीहरू फरार भए । म समाजमा हारगुहार गर्न गएँ । उल्टै अपमानित र तिरष्कृत बन्न पुगें । गुरु म घर न घाटको स्थितिमा उभिएकी छु । न परिवारले वास्ता गर्छ न समाजले । गल्तीबिनाको सजायमा पट्यारलाग्दा दिनहरू बिताउन बाध्य छु । न्यायलयमा न्याय पाउन सकिनँ । न्यायधीष भन्छन् – ‘अभियुक्तको खोजी हँुदैछ ।’ गुरु मलाई शरण दिनुस् ।”
 आँसुका बलिन्द्रधारासहित उनको पुकार प्रकट भयो । सबै शोकमग्न थिए, गुरु पनि गम्भीर मुहारमा त्यो वृत्तान्त सुनिरहनुभएको थियो ।
पछाडिको भागबाट एउटा मलिन अनुहारको युवक बिस्तारै उठ्यो । चारैतिर सबैलाई हे¥यो अनि गुरुलाई प्रणाम ग¥यो शिर निहुाराएर । उसको अनुहार बिक्षिप्त देखिन्छ । कलकलाउँदो उमेरको त्यो युवक थरथराएको ओठबाट आवाज निकाल्न थाल्छ – “मेरो नाउँ प्रशान्त हो । बिरामी दाजु र म रमितेबजारबाट घर फर्किंदै थियौं । सरकार र  विद्रोही पक्षबीच देशभरि घमासान युद्ध चलिरहेको थियो । साँझपखको समय थियो । बीच बाटोमा बन्दुकधारीहरू देखिए । एउटा कालो कालो बन्दुकधारीले अगाडि हिँड्दै गरेको मेरो दाजुको कठालो समाएर भन्यो – ‘तँ कहाँबाट आइस् जासुसी ।’ मेरो दाइले बजार गएर आएको बताउनुभयो ।
 अर्को एक सिकुटे बर्दीधारी आयो र भन्यो – “बजार गएको नाटक गर्ने जासुस हो, यसलाई चिलिम पार्नुपर्छ ।” मोटेले अघि सरेर मेरै सामु दाइको कञ्चटमा गोली हान्यो । भुल्ल रगत आयो अनि म रिसले आगो भएँ । उसको बन्दुक खोसँे र बन्दुकको पछाडिको भागले तिनीहरूका टाउका टाउकामा हान्न थालेँ ।
 दाइ पल्टेर अर्धचेत अवस्थामा हुनुहुन्थ्यो । माटो ढुङ्गालाई रगतले मुछेको थियो । १०, १२ जना बन्दुकधारीले मलाई घेर्न थाले, म ढिस्कोबाट तल फाल हालेँ । भीरमा झण्डै खरको गाँजमा नसमातेको भए ५० मिटर तल खोल्सामा जाकिन्थेँ । तिनीहरू म¥यो भन्ठानी आक्रमण गर्न आएनन् ।  म बिस्तारै बिस्तारै जङ्गलको बाटो छिचोलेर घिस्रँदै घिस्रँदै घर आइपुगेँ ।  त्यो दुर्घटनाले म मानसिक रोगी बन्न पुगेँ । त्यस घटनापछि सबैलाई बन्दुकधारी देख्न थालेँ । र मलाई लखेटिरहेजस्तो लागिरहन थाल्यो । अझै पनि मेरा दाइका ट्वाल्ल परिरहेका आँखाले हेरिरहेजस्तो लाग्छ गुरु ! देवगुरु, गल्तीबिनाका अपराध हामीले पाइरहेका छौँ । मेरा बा, आमा दाजु र मेरो हालतका कारण तड्पिएर बाँच्नु भएको छ । उहाँहरूका सपनाहरूलाई चकनाचुर पारियो ।” त्यस शान्तमय स्थानमा सुनाइएका कहालीलाग्दा घटनाहरू सुनेर सबैजना रोए । देवगुरुबाट हाम्रो समाधान हुनेछ भनी व्याकुल मुद्रामा सबै बसेका थिए। देवगुरु नरम भाषामा प्रवचन दिन थाल्नुभयो – “आजको मानिस ठूलो बन्ने प्रयत्नमा विध्वंशको बाटो रोजिरहेको छ । अहमताले थिल्थिलिएका मानवरुपी पिण्डले जताततै आक्रान्त बनाइरहेको छ । अहम्ताको होडमा बाँच्न पाउनुपर्ने मौलिक अधिकार हनन भएको छ । एउटाको स्वार्थमा निहत्था जनता अनाहकमा च्यापिएका छन् ।”
त्यतिकैमा बन्दुक पड्केको आवाज आउँछ । सुन्दर शान्तमय त्यस पवित्र स्थानमा सबैको मन भङ्ग हुन्छ । अचानक चारैतिरबाट बन्दुकधारीको प्रवेश हुन्छ । जता मन लाग्यो बन्दुक पड्किन्छन् । भागाभाग हुन्छ । आइमाई केटाकेटीको क्रन्दन सुनिन्छ । सक्ने भाग्छन्, नसक्ने त्यहीँ ढलेर मुर्छा पर्छन् । कसैको छातीमा, कसैको टाउकोमा त कसैको खुट्टामा गोली बारुद प्रहार हुन्छ । प्रशान्त देवगुरुको पछाडि बस्छ । देवगुरुलाई ‘माफिया’ भन्दै ३,४ जनाले च्याप्प समाउँछन् भने एक जनाले प्रशान्तलाई पनि माफियाको दाहिने हात भन्दै समाउँछ । एकैछिनमा भयाभह स्थितिमा परिणत हुन्छ त्यो सौम्य वातावरण । देवगुरु अघि अघि प्रशान्त पछि पछि गर्दै तेर्सिएका बन्दुकको बीचमा हिँडाइन्छ । अदालतको फैसलापछि देवगुरुलाई फाँसी दिने प्रबन्ध हुन्छ । कालो नकाब लगाएकाहरूले रातको समयमा देवगुरुलाई फाँसीको माला घाँटीमा राखेर तिम्रो अन्तिम इच्छा के हो ? भनी सोध्छन् । देवगुरु अविचल मुद्रामा बोल्नुहुन्छ – “मानवले मानवलाई मानवीय दायित्व पूरा गरोस् ।” नकाबधारीले फाँसी दिन डोरी माथिबाट खिच्दा प्रशान्तले चिच्यायो – “नाइँ ! देवगुरु ।”
‘देवगुरु’ ‘देवगुरु’ ‘देवगुरु’ ओछ्यानमा पल्टिएको प्रशान्त चिच्याउन थाल्यो ।
प्रशान्तकी आमाले श्रीमान्लाई उठाउँदै भनिन्– “उठ्नु न, प्रशान्त फेरि बरबराउन थाल्यो । के गर्ने ?” प्रशान्तका बाबुआमा प्रशान्तको नजिक पुगे । पसिनाले खलखली भिजेको प्रशान्तलाई झकझकाउँदै आमाले सोध्न थालिन– “के भो बाबु ? आँखा खोल ।”
प्रशान्त अत्यन्त विक्षिप्त देखिन्थ्यो । अर्धचेतमा आँखा पुलुक्क खोल्यो प्रशान्तले तर बोलेन । आमा घुँक्क घँुक्क रुन थालिन् । बाबु पनि आँखाभरि आँसु लिएर बरबराउन थाले– “भगवान् तिमीले के सजाय दिँदैछौ ? ”
“आमा देवगुरुलाई फाँसी दिए । त्यही भएर तपाइँहरू पनि रुनुभयो ? (भित्तामा टाँसिएको गुरुको फोटोलाई देखाउँदै ) तिनी गुरुलाई मारे गुण्डाहरूले । गुरुले हामीलाई प्रवचन दिँदै हुनुहुन्थ्यो, कति आनन्द आइरहेको थियो । सपनामा पनि मलाई छाडेनन् गुण्डाहरूले । आमा म के गरुँ (रुन थाल्यो) दाइ, मेरो दाइ... । आमा म बदला लिन्छु ती गुण्डाहरूसँग ......।” प्रशान्त बरबराउँदै निदाउन थाल्यो । आमा बाबु लामो सास फेर्दै उसको नजिक बसिरहे ।

सुखी भई बाँच्ने मनोवैज्ञानिक उपाय

गोपाल ढकाल
मानिस सबैभन्दा असन्तुष्ट प्राणी हो । यही असन्तुष्टिले मानिसलाई विकसित पनि बनाएको छ र यही असन्तुष्टिले मानिसलाई दुःखी पनि बनाउने गर्छ । सबै मानिसको एउटै लक्ष्य हुन्छ, सुख । तर सबै मानिसले सुख पाइरहेका हुँदैनन् । प्रशस्त धनसम्पत्ति, शिक्षा, सत्ता, मान–प्रतिष्ठा भए पनि मानिस सुखी भएको पाइँदैन । एउटा सम्पन्न परिवारको छोरालाई, बाबुले नयाँ कार किनिदिँदा ऊ जति खुशी हुन्छ त्यो भन्दा बढी खुशी एउटा गरिब बाबुको छोरा हुन्छ जसलाई उसका बाबुले पुरानो साइकल किनिदिन्छन् । सुख, हाँसो, खुशी भनेको भौतिक वस्तु होइन ।
त्यसैले धन, सम्पत्ति आदिले यी कुराहरु प्राप्त गर्न सकिँदैन । सधैँ सुखी भएर बाँच्नु पनि एउटा कला हो । त्यो व्यक्तिमात्र जीवनमा सुखी हुन्छ, जसमा मनोवैज्ञानिक तरिकाले बाँच्ने कला हुन्छ ।मनोविज्ञानको भाषामा भन्दा सुख, दुःख, हाँसो, रोदन आदि संवेग हुन् । यी कुरालाई मानिसले अनुभूति गर्नमात्र सक्छ । सुखको पनि अनुभूति मात्र गर्न सकिन्छ । सुखको अनुभूति गर्न सक्ने मान्छेमात्र जीवनमा सुखी हुन्छन् । वातावरणका कुराले उत्तेजित गरेपछि मानिसमा यस्ता संवेगहरु आउँछन् । संवेगहरुलाई नियन्त्रणमा राख्न सकेमा मात्र मानिस सुखी हुन्छ । भगवान् गौतम बुद्धलाई समेत एक पटक यस्ता संवेगहरुले व्याकुल बनायो । वृद्ध–वृद्धा, रोगी, मरेका मान्छेहरु देखेर उनी दुःखी भए । मानिस कसरी सुखी हुनसक्छ भन्ने कुराको खोजी गर्न एक दिन उनी घर छाडेर जंगल पसे । उनी एकान्तमा बसेर तपस्या गर्न थाले । उनी भोकभोकै तपस्या गर्थे । उनले धेरै वर्षसम्म यसरी नै तपस्या गर्दै गए । उनी ज्यादै कमजोर हुँदै गए तर केही भेटेनन् । भोक पनि एउटा संवेग हो । भोकको संवेगलाई नियन्त्रण गर्न गाह्रो पर्छ । यस संवेगले गौतम बुद्धलाई पनि सताइरह्यो । उनले कति गर्दा पनि सुखको अनुभूति गर्न  सकेनन् । उनले भोकै बसेर तपस्या गर्नु बेकार रहेछ भन्ने थाहा पाएपछि खाना खान थाले । तपस्या गर्ने क्रममा गौतम बुद्धले सबै किसिमका संवेगहरुलाई नियन्त्रण गर्न सिके । उसलाई सुखको अनुभूति हुन थाल्यो । त्यही नै उनको ज्ञान प्राप्ति थियो । गौतम बुद्धले सधैँ साँचो बोल्नु, चोरी नगर्नु, लोभी नहुनु, सबै प्राणीमाथि दया गर्नु, शुद्ध आचरण राख्नु, सानो भनेर हेला नगर्नु, ठूलाको आज्ञापालन गर्नुजस्ता उपदेश दिँदै यी कुराको पालन गरेमा मानिस सुखी हुन्छ भनेका छन् । संवेगलाई नियन्त्रण गर्न नसक्दा नै मानिसले चोरी गर्छ, झुठो बोल्छ, मानिसको हत्या गर्नसमेत सक्छ । त्यसैले चोरी नगर्नु, झुटो नबोल्नु, लोभी नहुनु, प्राणीको हत्या नगर्नु भनेको पनि संवेगलाई नियन्त्रण गर्नु हो । बुद्धले दिएका उपदेशहरुको आसय पनि यही हो ।
विभिन्न कुराले मानिसलाई उत्तेजित बनाउनु स्वाभाविकै हो । तर सानोतिनो कुरामा पनि ज्यादै उत्तेजित हुनु तथा संवेगहरुलाई नियन्त्रित र व्यवस्थित गर्नु नसक्नु चाहिँ कमजोरी हो । संवेगहरुलाई नियन्त्रण गर्न नसक्ने, क्षणमै रुने, क्षणमै हाँस्ने व्यक्ति कहिल्यै सुखी हुन सक्दैन । संवेगलाई नियन्त्रण गर्नसक्ने व्यक्तिलाई मात्र परिपक्व भनिन्छ । परिपक्व मानिसमात्र सुखी हुन्छन् । सुखमा नपातिने, दुःखमा नआतिने परिपक्व व्यक्तिलाई सबैले मान्छन् र यस्तै व्यक्तिको मात्र सबैले साथ चाहन्छन् ।
संवेगलाई नियन्त्रण गर्ने तथा सुखी रहने व्यवहारिक उपायहरु–
प्राप्त गर्न सकिने कुराको मात्र चाहना राख्नुहोस् प्राप्त गर्न नसकिने वस्तुको चाहनाले सधैँ सताई रहन्छ । यस्तो चाहना व्यक्तिको अचेतन मनमा गएर बसेको हुन्छ ।
यथार्थतालाई बुझ्नुहोस् ।आफन्त मर्दा जो कोही रुन्छ यो स्वाभाविक छ तर जन्मेपछि सबैले मर्नुपर्छ भन्ने सत्यलाई मनन नगरी आफन्तको वियोगमा सधैँ विछिप्त भएर हिँड्नु भने हुँदैन ।
व्यावहारिक बन्ने कोशिस गर्नुहोस् ।दुःख सुख भोगेको व्यवहारिक मान्छे हतपति विचल्लित हुँदैन । उसमा संवेगलाई नियन्त्रण गर्ने बानी परेको हुन्छ ।
त्याग गर्न बानी बसाल्नुहोस् ।प्राप्ती मात्र हैन मानिसले त्याग गर्न पनि सिक्नुपर्दछ । त्याग गर्ने बानी भएको व्यक्तिले असफलता, विछोड, हानी–नोक्सानी जस्ता कुरामा पनि चित्त बुझाउन सक्छ ।
अरु माथि ठूलो आशा नराख्नु होस् ।अरुमाथि भर पर्ने, आशक्त व्यक्ति कहिल्यै सुखी हुन सक्दैन ।
शारीरिक स्वास्थ्यमा ध्यान दिनुहोस् ।संवेगलाई समायोजन गर्न सिक्नुहोस् । योग, ध्यानले मानिसलाई संयमित हुन मद्दत पु¥याउँछ ।
सधै संवेगलाई दवाउनै पर्छ भन्ने छैन । कसरी यसलाई व्यवस्थापन गर्ने भन्ने कुरा महत्वपूर्ण हो । रिस उठेपछि प्रतिकार गर्ने वा रिसलाई शान्त हुन दिने भन्ने कुराको छिनोफानो विवेकको प्रयोग गरी गर्नुपर्छ । विचार पनि एक किसिमको संवेग हो । विचारले पनि मानिसलाई दुःख दिन्छ । विचारहरुलाई पनि नियन्त्रण गर्नुपर्छ ।
समस्याको समाधान खोज्नुहोस्
समस्याले मानिसलाई दुःख दिने हुँदा बेलैमा यसको हल गर्नपट्टि लाग्नुपर्छ । निरासता मनमा आउन नदिनुहोस् । सधैँ आशावादी बन्नुहोस् ।
आधारभूत आवश्यकता (भोक, प्यास, यौन) तथा अन्य अति आवश्यक वस्तुको पूर्ति बेलैमा गर्नुहोस् ।
नकारात्मकताको उपयोग गर्नुहोस् ।
आफूलाई मन नपर्ने नकारात्मक कुरामा समेत सकारात्मकताको खोजी गर्नुपर्छ । डर, चिन्ताजस्ता नकारात्मक संगेगहरुको पनि सही उपयोग गर्न सक्नुपर्छ । यी र यस्ता कुरालाई व्यवहारमा लागू गर्न सकेको खण्डमा सबैको जीवन सुखमय हुनेछ ।
                                                 
मानसिक सचेतना एवं अनुसन्घन केन्द्र
xmedia_nepal@yahoo.com

प्रथम पाइला नै सकरात्मक हुनुपर्छ

 लामो यात्राको सुरुवात प्रथम पाइलाबाट नै हुन्छ । आत्मविश्वाका साथ चालिएको प्रथम पाइलाले नै हामीलाई आफ्नो लक्ष्यमा पु¥याउँछ । हामीले चालेका प्रत्येक पाइलाहरू सकरात्मक र गन्तव्यउन्मुख हुनुपर्छ । तर हाम्रा पाइलाहरू कतै अल्झिएका हुनु कि जस्तो आभाष हुन्छ ।
 नेपाली समाज जुन गतिमा अगाडि बढ्नु पर्ने हो सो हुन सकेको छैन । राजनीति, विकास निर्माण, शिक्षा, स्वास्थ्य, चेतना, धर्म–संस्कृति, उद्योग, व्यवसाय, मानव अधिकार  जस्ता निश्चित दिशा लिन सकेको छैन । भ्रष्टाचार, कुरीति, अन्धविश्वास, चोरी डकैति, बेरोजगारी, अस्वस्थ राजनीतिक प्रतिस्पर्धा जस्ता कुराले समाजलाई गाँजिरहेको अवस्थामा, समाजलाई सकारात्मक दिशामा डो¥याउने कार्यमा संचारमाध्यमको अग्रणी भूमिका हुने गर्दछ ।
 स्वस्थ मानसिकता र सकरात्मक सोचको विकास गरी देश, जनता, समाज र नयाँ नेपालको निर्माणको निम्ति दरिलो पाइला चाल्न ढिला भइसकेको छ । थोपा–थोपाले सागर बनेझैँ सबैले एउटै सोच र एउटै लक्ष्य राखेर अगाडि बढ्ने हो भने एउटा सानो कदमले पनि देशको मुहार फेर्न हामी सक्षम हुनेछँै ।
 नेपालीहरूको महान् पर्व विजया दशमीको तथा दीपावलीको शुभ–उपलक्ष्यमा नेपाली–नेपालीबीचको एकता तथा आत्मीयता अझ मजबुत भएर जाओस् भन्ने हार्दिक शुभकामाना व्यक्त गर्दछौं ।